आर्थिक वृद्धिदरः बागमती प्रदेशको सबैभन्दा कम र गण्डकीको धेरै हुने अनुमान
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १८:३६:३७
२ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार सबैभन्दा ठूलो रहेको बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून हुने देखिएको हो ।
चालु आर्थिक वर्ष आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर १.४ प्रतिशत रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ । प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा कुल १९ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने अनुमान गरिएको छ ।
यस्तै चालु आवमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भने गण्डकी प्रदेशले हासिल गर्ने अनुमान तथ्यांक कार्यालयको छ । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने र कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ४ खर्ब ८२ अर्ब पुग्ने अनुमान तथ्यांक कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर घटेपनि सबैभन्दा धेरै आर्थिक वृद्धिदर भने गण्डकीकै हुने अनुमान तथ्यांक कार्यालयको । उसको गत आवमा प्रदेशको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । त्यसपछि बाग्मतीको ६.३ रहेको थियो ।
यस्तै, कोशी प्रदेशको गत आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धिदर रहेको कोशी प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा भने कम हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन कोशीको योगदान ८ खर्ब ४९ अर्ब ६५ करोड पुग्ने अनुमान गरिएको छ ।
मधेश प्रदेशको गत आवको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ४.६ प्रतिशत रहेकामा चालु आवमा ५ प्रतिशत पूग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३ प्रतिशत थियो भने चालु आवमा ५.४ पुग्ने अनुमान छ । सुदुरपश्चिम प्रदेशले गत आवमा ४.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । चालु आवमा बढ्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार