एमालेभन्दा विरोधीहरु बलिया भएकाले मदन भण्डारीको सपना साकार बनाउन सकिएनः अध्यक्ष ओली
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १०:४२:२५
३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु बलिया भएका कारण मदन भण्डारीको समृद्ध नेपाल सुखी नेपालीको सपना अधुरै रहेको बताएका छन् । दिवंगत मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बुधबार बल्खुमा आयोजित कार्यक्रममा उनले सबैले आफ्ना सपना पूरा गर्न नसक्ने भन्दै उत्तराधिकारीले त्यसलाई पूरा गर्नुपर्ने बताए ।
उनले भने,‘मदन भण्डारीले आफ्नो इच्छा पूरा गर्न भ्याउनु भएन । आफ्ना अधुरा महान् सपना बोकेर तीनलाई पूरा गर्न नभ्याउँदै हत्या गरिएका कमरेड मदन भण्डारी र जीवराज आश्रित । उहाँहरू वास्तवमै आदर्श हुनुहुन्छ । नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उत्ताराधिकारी तपाईं हामीले त्यसलाई पूरा गर्नुपर्ने छ । पूरा गर्न सजिलो छैन । चुनौती छ । विरोधीहरू बलिया छन् । षड्यन्त्रपूर्ण ढंगले अघि आउँछन् ।’
चुनौतीको सामना गदै सपना साकार गर्न सकिने पनि उनले बताए । उनले पार्टीको नीति सही भए पनि संगठन सुदृढीकरणको आवश्यकता औँल्याए । अध्यक्ष ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताए । उनले भने, ‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर । यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
उनले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गरे । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताए । ओलीले अहिले पनि विरोधीहरुले एमालेलाई ठाउँ ठाउँमा रोक्न खोजिरहेकको बताए । विरोधिहरु बलिया भएकाले एमालेले अघि सारेका कामहरुले पूर्णता पाउन नसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार