बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार ११:३०:४२
३ जेठ, काठमाडौंं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा, स्थानीय काउली, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँमा बिक्रि बितरण भईरहेको छ ।
जसअनुसार ठूलो भारतीय गोलभेडा र लोकल गाजर ६५ रुपैयाँ, लोकल गोलभेडा २८ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३० रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल बन्दा ११ रुपैयाँ ८० पैसा, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै,लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, तने बोडी र हरियो फर्सी ४५ रुपैयाँ, डल्लो भन्टा ६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, राजमा घिउ सिमी १०५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा किनबेच भईरहेको छ ।
उता, तितो करेलाको ५५ रुपैयाँ, लौका ५६ रुपैयाँ, परवर ९५ रुपैयाँ, परवर ८५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, झिगूनी ६३ रुपैयाँ ३३ पैसा, सलगम ७६ रुपैयाँ ५६ पैसा, भिण्डी ६४ रुपैयाँ बरेला ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तैगरी स्कूस प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, मेथीको साग, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसामा किनबेच भईरहेको छ भने तरुल १३५ रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११० रुपैयाँ, चुकुन्दर, सजिवन, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८३ रुपैयाँ ३३ पैसा, सौफको साग ११५ रुपैयाँ पर्ने जनाइएको छ ।
उता, पुदीना १७५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, तोफु ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ र गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २२३ रुपैयाँ ३३ पैसा, लोकल काक्रो ९५ रुपैयाँ, रुख कटहर ५६ रुपैयाँ ६७ पैसा, किवि र आभोकाडो ४८३ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।
अकबरे खुर्सानी ३७५ रुपैयाँ, भेडे खुर्सानी ६४ रुपैयाँ, हरियो लसुन ९६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३० रुपैयाँ, रहु माछा ३४३ रुपैयाँ ३३ पैसा र मुंगरी माछा ३१५ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार