सानिमा इन्स्युरेन्सको साधारण सभा जेठ ३२ गते, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार ११:३९:३
३ जेठ, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको छ ।कम्पनी सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु गर्ने भएको छ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११ (क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सो सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ।
यसैगरी, आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु स्वीकृत गरिनेछ । साधारणसभाबाट पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
मंसिर २४, २०८१ सोमबार
राष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार