राजनीतिक संरक्षणकै कारण भ्रष्टाचार बढेको हो : माधव नेपाल
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १२:१:४२
३ जेठ, काठमाडौं । सरकारका घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक संरक्षणकै कारण मुलुकमा भ्रष्टाचार व्याप्त बनेको बताएका छन् । उनले राजनीतिक रुपमै भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताएका छन् ।
मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पुर्याएको बताए ।
उनले विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पुर्याएको धारणा राखे । जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको र कुशल सङ्गठक रहेको बताए ।
सोही कार्यक्रममा नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्नुपर्ने बताए । मदन र आश्रितको निधनले लोकतान्त्रिक आन्दोललाई ठूलो क्षति पुगेको बताए । उनले नेपालका कम्युनिष्टमा मात्र नभई नेपाली राजनीतिमै अहिले कालो बादल माडिरिरहेको बताउँदै यसलाई हटाउन सबै दल विकास र समृद्धिको एउटै एजेण्डामा एकतावद्ध हुनुपर्नेमा जोड दिए । दास दुंगा हत्याकाण्डमाथि अनुसन्धान अझै पूरा नभएको र कालान्तरमा दोषीलाई जनताले बाहिर ल्याएरै छाड्ने विश्वास उनले व्यक्त गरे ।
२०५१ साख जेठ ३ गते एमालेका तत्काली महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवन जाँदै अमर लामाले चलाएको गाडी चितवनको दासढुंगास्थित नारायणी नदीमा खसेको थियो । सो दुर्घटनामा मदन र आश्रितको निधन भएको थियो । सो दुर्घटनालाई एमालेले हत्याको संज्ञा दिँदै दोषी पत्ता लगाउनुपर्ने भन्दै आइरहेको छ । चालक लामा भने सकुशल बाँचेका थिए । पछि माओवादीले संचालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वकालमा काठमाडौंको डल्लीबजारबाट एक पत्रिकाको कार्यालयबाट अपहरण गरी लगेकामा भोलिपल्ट मृत फेला परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार