सिंघम अगेनमा विक्कीको प्रवेश
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १२:३:५०
३ जेठ, मुम्बई । बलिउडमा वाईआरएफ स्पाई युनिभर्सपछि निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ । कप युनिभर्सले अजय देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माण गरिसकेको छ ।
निर्देशक रोहित यतिबेला ‘सिंघम अगेन’को तयारीमा छन् । फिल्म ‘सर्कस’को प्रमोसनका समयमा उनले अभिनेत्री दीपिका पादुकोण नयाँ कप युनिर्भसको चरित्रमा देखिने खुलासा गरेका थिए । अब यो फिल्ममा ‘उरी’ अभिनेता विक्की कौशल पनि जोडिने भएका छन् । विक्कीलाई फिल्ममा लिने विषयमा रोहितसँग छलफल भइसकेको छ ।
निर्देशक रोहित विक्कीलाई दिइने चरित्रका बारेमा योजना बनाइरहेका छन् । स्रोतका अनुसार रणवीरको भन्दा विक्कीको कप चरित्र फरक हुनेछ । ‘रोहित विक्कीको हिरोइक चरित्रलाई नयाँ फिल्ममा देखाउन चाहन्छन्’, स्रोतले भन्यो ।
रोहित र विक्की तीन वर्षयता नयाँ फिल्मका लागि छलफलमा छन् । उनीहरुको छलफलले यो वर्ष पूर्णता पाउनेमा दुवै ढुंग छन् । अहिले रोहित फिल्मको स्क्रिप्टको काम गरिरहेका छन् । ‘सिंघम अगेन’मा अजय देवगन, करिना कपुर, रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोणको पनि अभिनय रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार