एमसीसी पास भएपछि नेपालमा अमेरिकी सेनाको उपस्थिति बढ्यो : झलनाथ खनाल
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १२:५०:४
३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसी परियोजना संसदबाट पास भएपछि नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बढेको बताएका छन् । उपस्थिति बढेसँगै मुलुकको स्वाधीनतामाथि आँच पुग्ने गतिविधिमा वृद्धि भएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौंमा बुधवार ३१औं मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपालको संसदले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को समूह नेपाल आउने क्रमम तीव्र बनेको बताए । उनले नेपाललाई अमेरिकाले खेल मैदान बनाउन खोजेको भन्दै यसलाई विफल तुल्याउनुको विकल्प नरहेको बताए ।
‘अमेरिकाका रक्षामन्त्रीहरु आएर सबैभन्दा पहिले तिब्बतीय क्याम्पमा र नेपालका गृहमन्त्रीसम्म पगेका छन्’ उनले भने, ‘शक्ति राष्ट्रको घमण्डमा उनीहरुले नेपाललाई खेलमैदान बनाउने क्रमलाई बढाउँदै लगेका छन् ।’
उनले विदेशीको गोटीचाल बेलैमा बुझेर रोक्नुपर्ने बताए । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको छ’ उनले भने, ‘हामी चुप बस्न हुदैन । राष्ट्रियता र स्वाधीनताको विषयमा सबै दल र जनता एक ठाउँमा उभिएर सामना गर्नुपर्छ ।’
अर्को फरक प्रसंगमा नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको तर्क गरेका छन् । उनले यो प्रकरणको निष्पक्षरुपमा छानबिन गरी टुंगोमा पुर्याउइ सबै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । शरणार्थीजस्तो विषयमा मुलुककै गृह प्रशासन मुछिएको देखेर विदेशी शक्तिले देशलाई हेप्ने र हस्तक्षेप बढाउने खतरा रहने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार