समानुपातिक निर्वाचन प्रणाली हटाएर कांग्रेस एक्लै चुनावमा जानुपर्छः कोइराला
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १३:४०:३५
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति स्थायित्वका लागि समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवस्यक रहेको बताएका छन् । अहिले भएको निर्वाचन प्रणालीले देशमा विकृति बढाएको र राजनीति अस्थिरता बढाउन सघाउ पुर्याएको उनको भनाइ छ ।
बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताए । विचार मिल्ने र नमिल्ले दलसँग सहकार्य गर्दा निर्वाचन कांग्रेसलाई घाटा भइएको बताए । गएको निर्वाचनमा नेकपा माओवादी र एकीकृत समाजवादी लगायतका दलसँग चुनावी गठबन्धन गर्दा कांग्रेसले क्षति व्यहोर्नु परेको कोइरालाले बताए ।
अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्नेमा जोड दिए । समानुपातिक पद्धती हटाएर सबैलाई प्रतिस्पर्धाका लागि योग्य बनाउने पने कोइरालाको भनाइ छ । समानुपातिक प्रणालीबाट प्रभावशाली नेताले आफुन्तलाई प्राथमिकता दिँदा त्यसले पार्टीमा असन्तुष्टि बढाएको कोइरालाले बताए ।
पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन् । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए । ‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार