नक्कली शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले देखाएका सबै कारवाहीमा पर्छन् : गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १५:४७:१०
३ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउने बताएका छन् । उनले प्रमाणमा आधारमा तानिएका कोहीपनि कारवाहीबाट बच्न नसक्ने बताए । मन्त्री श्रेष्ठले बुधबार मन्त्रालयमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुको ज्ञापनपत्र बुझ्नै यस्तो बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा ठगी मात्र नभई संगठित अपराध भएको स्पष्ट पारे । अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रकरणकाथि छानबिनमा बाहिर हल्ला चलेजस्तो कुनै किसिमका प्रभाव र दबाब नरहेको र त्यस्तो अवस्था आएपनि सरकारले सामना गरेर दोषीलाई कारवाही गरेरै छाडने बताए ।
एकीकृत समाजवादीका तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । २०७६ असारदेखि झापाका केशव दुलाल र सुनसरीका सानु भण्डारीसहितको गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने अपराधिक योजनामुताविक ८७५ नेपालबाट जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएर ठगी गरेको अभियोगमा हाल १४ जना प्रहरी हिरासतमा छन् ।
उनीहरुलाई ठगी र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पक्राउ पर्ने नेपाली कांग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, एमाले सांसद एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार