थुनामा रहेका इच्छाराज तामाङको हाउजिङका घर लिलामीमा
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १६:३२:३५
३ जेठ, काठमाडौं । बैंकिङ कसुरमा कारागार थुनामा रहेका पूर्वएमाले नेता एवं व्यवसायी इच्छाराज तामाङको हाउजिङका घर र घडेरी लिलामीमा राखिएको छ ।
ऋण लिएर नतिरेपछि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकसँगको कारोबार आधारमा प्रभु बैंकले हाउजिङका तामाङको नाममा रहेको सितापाइला कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु लिलामीमा राखेका हुन् । तामाङले बैंकलाई करिब १५ करोड तिर्न बाँकी रहेको देखिएको छ ।
उनले हाउजिङका घरहरु विभिन्न व्यक्तिलाई पैसा लिएर बिक्री गरेपनि पास गरी दिएका थिएनन् । तामाङ सिभिल बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको करोडौं बचत रकम डुबाएपछि बैंकिङ तथा ठगी कसुरमा जेलमा छन् । उनीसँगै कम्पनी सञ्चालक केशवलाल श्रेष्ठ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ पनि जेलमा छिन् । जेलमा छन् ।
लामो समयदेखि भुक्तानी नपाएपछि बैंकले ७ दिने सूचना जारी गरेर हाउजिङका १९ वटा घडेरी र त्यहाँ बनेका ७ वटा घरलाई लिलाम प्रक्रियामा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार