टीकापुर घटनामा ७ वर्ष जेल बसेपछि निर्दोष ठहरिएका सीताराम रिहा, गंगारामविरूद्ध अर्काे मुद्दा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १६:५४:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/sitaram_chaudhary_7VoATWWpc2_6nA2E6Avz0.png)
३ जेठ, कैलाली । टिकापुर हत्या घटनामा ७ वर्ष पहिले जिल्ला र उच्च अदालतबाट दोषी करार भई जेल भुक्तान गरिसकेका सीताराम चौधरी सर्वोच्च अदालतबाट निर्दोष ठहर भएपछि बुबार रिहा भएका छन् ।
२०७२ भदौ ७ मा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालको हत्या भएको घटनामा संलग्नताको आरोपमा चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरी डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलाएको थियो । मुद्दामा उनलाई कैलाली जिल्ला र उच्च अदालतले समेत दोषी ठहर गर्दै जेल चलान गरेको थियो ।
उनले मंगलबारसम्म ७ वर्ष ६ दिन कारागार बसेका छन् । सो घटनामा २३ जनालाई दोषी करार गरिएकोमा सीताराम र गंगाराम चौधरीलाई सर्वोच्चले निर्दोष ठहर गरेको थियो । सर्वोच्चको फैसलामा सीताराम र गंगारामलाई अन्य मुद्दा र कारणबाट थुनामा राख्नुनपर्ने भए तत्काल रिहा गर्न भनिएको थियो ।
तर गंगारामविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण रिहा नगरिएको कारागार प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार