नयाँ स्टक एक्सचेञ्ज लाईसेन्स नरोक्न माग गर्दै प्रधानमन्त्रीलाई लगानीकर्ताहरूकाे ज्ञापनपत्र
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १८:५:९
३ जेठ, काठमाडौं । नयाँ स्टक लाईसेन्स वितरण प्रक्रिया नरोक्न माग गर्दै लगानीकर्ताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेञ्जसम्बन्धी लाइसेन्स प्रक्रिया सुचारु गर्न दिन माग गरेका छन् ।
नयाँ लाइसेन्स दिने काममा ढिलाई नगरी तत्काल वितरणको व्यवस्था गर्न माग गरिएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिएकी छन् । उनीहरुले ६ बुँदा मागसहित प्रधानमन्त्रीको ध्यानाष्कर्षण गराएका छन् ।
बोर्डले गएको चैत ३० देखि वैशाख १० सम्मको समय दिएर नयाँ लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तर आवेदन प्रक्रिया घरानियाँ र दलालहरुलाई फाइदा पुग्ने गरी आर्थिक चलखेलमा थालिएको भन्दै संसद बैठकमै सांसदहरुले नयाँ लाइसेन्स दिने प्रक्रिया रद्द गर्न माग गरेका थिए ।
त्यसपछि नयाँ लाइसेन्स प्रक्रिया नियमविपरीत भएको भन्दै उच्च अदालत पाटनमा मुद्दा समेत परेको थियो । मुद्दामाथि सुनुवाई गर्न तत्कालका लागि प्रक्रिया रोक्न र छलफल गर्न मुद्दाका दुवै पक्षलाई बोलाइएको छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले नयाँ लाइसेन्स वितरणसम्बन्धी सम्पूर्ण काम रोक्न निर्देशन दिएका थिए । त्यसयता प्रक्रिया रोकिएको अवस्था छ ।
आवेदन मागपछि नयाँ लाइसेन्सका लागि स्टक एक्सचेञ्जतर्फ ३ र कमोडिटीतर्फ ४ वटा कम्पनीको आवेदन परेका छन् ।
मागहरू
१ . लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्ने ।
२. १२ करोड सम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनुपर्ने ।
३. शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भार औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने ।
४. लगानीकर्तालाई अल्पकालीन र दीर्धकालीन लगानीकर्ताको रुपमा विभाजन गरी सोहीअनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्नुपर्ने ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्नुपर्ने ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गनुपर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
कञ्चनजङ्घामा पर्यटकको आगमन बर्सेनि बढ्दै
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्रमुख प्राथमिकता
पुष १४, २०८१ आइतबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार