चलचित्र विकास बोर्डद्वारा अनुसन्धानमूलक पुस्तक 'चलचित्र मञ्च'को लागि लेख रचना माग
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १८:५५:२१
३ जेठ, काठमाडौं । चलचित्र विकास बोर्डले बार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक 'चलचित्र मञ्च'को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ । आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।
लेख पठाउँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक पठाउनुपर्ने प्रकाशन समितिका संयोजक एवं बोर्ड सदस्य रविचन्द्र अधिकारीले बताए । लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था,चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, स्वदेशी तथा विदेशी चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्र क्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने अधिकारीले बताए ।
प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईने र प्रत्येक लेख कम्तीमा पाँचहजार शब्दको हुनुपर्नेछ । कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्यममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा प्रकाशन नहुने तथा लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित हुनेछ । प्रकाशनको लागि छनौट भएका लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ । छनौटमा नपरेका लेखहरु सम्बन्धित लेखकलाई नै फिर्ता हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’काे कमाई कति ?
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार