नक्कली शरणार्थी प्रकरणको पोल खोल्ने ओलीको कार्यक्रम स्थगित
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ७:५९:३१
४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणबारे बिहीबार सत्य तथ्य बताउने भन्ने कार्यक्रम स्थगित भएको छ । उनले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान राजनीतिक कर्मकाण्डी भएको भन्दै आएका छन् ।
ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई सतहमा ल्याउने विषय माथि नै असहमति राख्दै आएका छन् । उनले जेठ ४ गतेको संसद बैठकमा नक्कली भुटानी शरणार्थी काण्डबारे आफूलाई सबै कुरा जानकारी भएको र सो कुरा प्रतिनिधिसभा बैठकमा खोल्ने बताएका थिए ।
अध्यक्ष ओलीको भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने घोषणा गरेकै दिन प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएकाले उनको सम्बोधन स्थगित भएको बताइएको छ । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।
प्रधानमन्त्रीको प्रश्नोत्तरको दिन अन्य समय नराख्ने भन्दै अध्यक्ष केपी ओलीको सम्बोधन बिहीबार नहुने भएको र अर्काे दिनमा गर्ने गरी स्थगित गरिएको एमालेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार