समितिको बैठकमा देउवा नगएपछि मंगलप्रसाद बने सभापति
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १०:४४:१
४ जेठ, काठमाडौं । समितिको सभापतित्व गर्नुपर्ने बैठकमा कांग्रेस सभापति एवं सांसद शेरबहादुर देउवा नगएपछि कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ज्येष्ठ सदस्य खोज्न केही बेर समय लागेको छ । शेरबहादुर देउवा अनुपस्थित भएपछि ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बैठक सुरु भएको छ ।
गुप्ता नेकपा एमालेका सांसद हुन् । समितिको आन्तरिक कार्यविधि र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । जेठ २ गते देउवाले नै ज्येष्ठ सदस्यको हैसियतमा समितिको सभापतित्व गरेका थिए । सोही समितिको बैठकले आजका लागि बैठक बोलाएको थियो ।
बैठक अहिले सुचारु भएको छ । दलहरुले नाम नदिएका कारण प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरुको सभापति चयन हुने सकेको छैन । सभापति चयन नहँदा बजेट लगायतका विषयमा समितिले छलफल गर्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार