२० सांसदले टिपाए प्रश्न, १५ को मात्र उत्तर दिइने
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:३:१
४ जेष्ठ, काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवाल जवाफ गर्न २० जना सांसदले प्रश्न टिपाएका छन् । २० सांसदले २० प्रश्न संसद सचिवालयमा टिपाए पनि प्रधानमन्त्री प्रचण्डले भने १५ जना सांसदको मात्र प्रश्नका उत्तर दिने भएका छन् । पाँच जना सांसदले प्रश्नको उत्तर पाउने छैनन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा बिहीबार सांसदहरूका १५ प्रश्नको मात्र सामना गर्नेछन् । जसमा पूर्वमाओवादी लडाकुको खर्च, वाइडबडी विमान, ललिता निवासदेखि भुटानी शरणार्थी प्रकरणसम्मका विषयमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न राख्दैछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५) मा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न गर्न मिल्ने व्यवस्था छ ।
त्यहीअनुसार १५ सांसदले मात्र बिहीबार प्रचण्डसँग प्रश्न गर्ने मौका पाउनेछन् । संसद् सचिवालयले सांसदबाट प्राप्त प्रश्न तयारीका लागि मंगलबार नै प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । संसद् सचिवालयका अनुसार कांग्रेस र एमालेबाट ३÷३ जनाले प्रश्न गर्न पाउनेछन् ।
माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टीका १÷१ जनाले प्रश्न गर्नेछन् । एक सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्ने सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार