लगानी डुब्ने चिन्ताले सहकारीका सात सय बचतकर्ता प्रहरीमा पुगे
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:२५:४४
४ जेठ, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मंगलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए ।
“यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ”, उनले भने, “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौँ ।”
जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधबारदेखि भीडभाड छ । प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको देखिएको छ । गत माघयता सहकारी सञ्चालक सम्पर्क बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन् ।
“यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन”, एसपी थापाले भने, “अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौँ ।” प्रहरीमा बचतकर्ताले फेसबुक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपिलगायतका कागजात पेश गरिरहेका छन् । यहाँ गत माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए ।
उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
आजको मौसम : देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार