मुम्बई हमलाका अभियुक्त राणालाई भारत सुपुर्दगी गर्न अमेरिकाको अनुमति
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:३०:४१
४ जेठ, नयाँ दिल्ली । सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ ।
क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न खोजेका अपराधमा सुपुर्दगी गर्न सकिने जनाएको छ । २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो।
राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो।
अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर ए तैयबमा संलग्न रहेको भन्ने थाहा थियो र उनको गतिविधिका बारेमा जानकार भएर पनि उहेडलीलाई सहयोग गरि नै रहे, सहयोग गरेर उनलाई बचाउन खोजिरहे’ भन्ने तर्क गरेका थिए ।
मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १६६ जनाको मृत्यु भएको थियो । भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर
जेठ १६, २०८१ बुधबार
भारतको मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
न्यायाधीश शुनिल पोखरेलको इजलासमा सुनुवाइ हुँदै गृहमन्त्री लामिछानेविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार