प्रधानमन्त्री प्रचण्ड प्रश्नको ‘कठघरा’मा उभिँदै
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:३६:२५
४ जेठ, काठमाडौं । प्रनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे सुरु हुने भनिएपनि अझै सुरु हुन सकेको छैन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सांसदहरुको प्रश्नको कठघरामा उभिँदैछन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५) मा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न गर्न सकिने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डलाई सोध्न २० सांसदले लिखित प्रश्न मंगलबार नै संसद् सचिवालयमा बुझाइसकेका छन् । संसद् सचिवालयले सांसदबाट प्राप्त प्रश्न तयारीका लागि मंगलबार नै प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । प्रश्नकाे सामना गर्दै प्रम प्रचण्डले राेष्ट्रमबाट जवाफ दिनेछन् ।
संसदको दुई ठूला दल कांग्रेस र एमालेबाट ३/३ जनाले प्रश्न गर्न पाउनेछन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टीका १/१ जनाले प्रश्न गर्नेछन् ।
संसद सचिवालयका अनुसार १ सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्नेछ । कसले बोल्ने भन्ने विषय टुंगो लागिनसकेको सचिवालयको भनाइ छ ।
सांसदहरुको प्रश्न पूर्वमाओवादी लडाकुको खर्च, शान्ति प्रक्रिया, वाइडबडी विमान, ललिता निवास, ओम्नी प्रकरण, लाल आयोगको प्रतिवेदन, उच्च शिक्षा आयोगको प्रतिवेदन, प्रधानमन्त्रीको भारत भ्रमण लगायत विषयमा केन्द्रित छन् । त्यसमध्ये अनुसन्धान चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई मुख्य रुपमा उठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
राष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार