देशकै बदनाम गराउने भ्रष्टाचारीले छुट पाउने कुरा कल्पना गर्न सकिँदैन : गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:४९:४४
४ जेठ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो बनाएको र यसमा संलग्न कसैलाई पनि सरकारले कारवाही गरेरै छाड्ने प्रतिवद्धता दोहोर्याएका छन् । उनले भ्रष्टाचारीहरुविरुद्ध सरकार निर्ममरुपमा प्रस्तुत हुने बताए ।
बिहीबार बिहान आफ्नै दल माओवादी केन्द्रको प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्त नेतृत्वको टोलीलाई भेट दिई अनुसन्धान चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे । अनुसन्धान निष्पक्ष र तीव्र गतिमा भइरहेको समेत उनले जानकारी दिए । शरणार्थी प्रकरणमा दाेषीले छुट पाउने कुरा कल्पनाबाहिरकाे कुरा भएकाे उनकाे भनाइ थियाे ।
‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थिलथिलो बनाउने र मुलुकलाई नै बद्नाम गराउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने । सरकार मुलुकबाट जरोकिलो उखेल्ने अभियानमा लागिपरेको र यसमा सबैले सबै कोणबाट सहयोग गर्नेपर्ने बताए । ठूला योजनाहरू अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम भइरहेको भन्ने खबरदारीप्रति सरकार सचेत रहेको त्यसलाई रोक्न नीतिगत रुपमै अघि बडिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार