सहमति कार्यान्वयन नभएपछि उखु किसान फेरि आन्दोलित, माइतीघरमा किसानको धर्ना
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १३:५:४१
४ जेठ, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेपछि उखु किसान फेरी आन्दोलनमा उत्रिएका छन् । कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् ।
आर्थिक बर्ष २०७१/७२ मा सरकारले २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्ब असुल उपर गराई कारबाही गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरूको गुनासो छ । उनीहरूले सबै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्यूनतम् समर्थन मूल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए ।
त्यस्तै समितिले ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराई कृषकले स्वयं ल्याउन पाउने गरि व्यवस्था मिलाउन पनि माग गरेको छ । सरकारसँग चार बुँदे सहमतिपछि स्थगित उखु किसानको आन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका थिए ।
यसअघि उखुको बक्यौता रकम माग्दै गत २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत १३ पुसमा चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरूले सो सहमति अनुसार रकम नपाएको उनीहरुकाे गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार