नेपालले चीनबाट ६ अर्बको सैन्य सामाग्री खरिद गर्न खोज्दा भारतीय रक्षा मन्त्रालयको चासो
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार २३:१:४४
४ जेठ, काठमाडौं । नेपाली सेनाले ६ अर्ब बराबरको एपीसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेपछि भारतीय रक्षा मन्त्रालय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले चासो दिइएको पाइएको छ । सेनाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि यो प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएपछि प्रधानसेनापति प्रभु राम शर्मालाई फोन गरेर चासो व्यक्त गरिएको हो ।
स्रोतका अनुसार नेपाली सेनाले चीनबाट खरिद गर्न लागेको हतियार के कस्तो हो ? भारतले दिन सक्ने थियो कि थिएन र भारतीय पक्षसँग माग गरिएको थियो कि थिएन भनेर चासो राखिएको थियो । सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल समेत खरिद गर्न प्रक्रिया अघि बढाउन खोजेको छ ।
स्रोतका अनुसार सेनाले कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको भएपनि भारतीय सरकारको उच्च तहबाट चासो राखेपछि अहिले अन्योल बढेको छ । स्रोतका अनुसार सेनाले भारतको महेन्द्रा कम्पनीबाट समेत चार वटा एपीसी खरिद गर्दैछ । सेनाले चीन र भारतीय दूतावासमार्फत कोटेशन मागेर सामान खरिद गर्न लागेको हो । महेन्द्राको एउटा एपीसीको मुल्य तीन करोड ९८ लाख छ भने चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाख रहेको छ । भारतीय सामान सस्तो हुँदा हुँदै पनि सेनाले चीनबाट २६ वटा एपीसी खरिद गर्न लागेको हो । सेनाले चीन र भारतबाट एपीसी र हतियार ल्याउने सम्झौता गरिसकेको स्रोतले जनाएको छ ।
सेनाले यो खरिद प्रकरण जी टु जी भएको दावी गरेको भए पनि यसको पछाडि सत्तारुढ दलका नेताका नातेदार र व्यापारीको संलग्नता रहेको स्रोतको दावी छ । चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेण्ट समेत परिवर्तन गरिसकेको छ । नोरिन्कोका एजेण्ट लामो समयदेखि उमेश श्रेष्ठ र रोशन श्रेष्ठ भएपनि पछिल्लो समय सेनाको शान्ति सेना हेर्ने सैनिक अधिकारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भुषण राणा, कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीको मिलेमतोमा एजेण्ट परिवर्तन गरिएको हाे । अहिले त्यसको एजेण्ट राजकुमार नैडु रहेको स्रोतको दावी छ । नैडु लोकेन्द्र कार्कीको कम्पनीका कर्मचारी भएको पनि स्रोतले जनाएको छ ।
नोरिन्कोको प्रतिनिधिमण्डल दुई पटक काठमाडौं आइसकेको छ । उनीहरुसँगको गोप्य बैठकमा राणासहित उनका छोरा जयविर देउवा समेत सहभागी भएका थिए । कार्कीका स्टाफ नोरिन्कोको एजेण्ट भएसँगै चिनियाँ कम्पनी पोलीले समेत कार्कीलाई एजेण्टबाट हटाएको स्रोत बताउछ । चीनमा पोली र नोरिन्को दुवै प्रतिस्पर्धी सरकारी कम्पनी हुन् । कार्की यसअघि सेनाको काठमाण्डु तराई द्रूतमार्गको ठेक्कामा समेत संलग्न विवादास्पद व्यापारी हुन् । द्रुतमार्गको ठेक्का चिनियाँ कम्पनी पोलीले नै पाएको थियो । जुन ठेक्का अहिले अलपत्र परेको छ ।
कार्कीले सिंगापुरमा नेपाल सरकारको स्वीकृति विना ग्लोबल होल्डिङ नेटवर्क प्रालि नामको कम्पनी दर्ता गरेका छन् । सिंगापुरको २० सिसिल स्ट्रीट, १४–०१ इक्वीटी प्लाजामा ०४९७०५ नम्बरको दर्ता रहेको कार्यालय समेत उनले खोलेका छन् । उक्त कम्पनीको टेलिफोन नम्बर ६५६३२०१८८८ रहेको छ । कार्कीले दूवईमा समेत कम्पनी खोलेको स्रोतले बतायो । कार्कीले तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालमा बिना प्रतिस्पर्धा धेरै मूल्यमा काम नलाग्ने काेरियन कम्पनीकाे केटू हतियार ल्याएर सेनालाई भिडाएका थिए । त्यसमा कार्की र तत्कालीन प्रधानसेनापति थापा मिलेर करोडौं रुपैयाँ घोटाला गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार