लाल आयोगको प्रतिवेदन सर्वोच्च अदालतकै आदेशमा सार्वजनिक नगरिएको हो : प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १३:४१:५४
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर हत्याकाण्डसम्बन्धी लाल आयोगको प्रतिवेदन सर्वोच्च अदालतकै आदेशबमोजिम सार्वजनिक नभएको बताएका छन् ।
बिहीबार बसिरहेको प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तरमा सहभागी हुँदै रोष्ट्रमबाट जवाफ दिँदै प्रम प्रचण्डले सो कुरा स्पष्ट पारेका हुन् । बैठकको सुरुवातीमा लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले उठेर विरोधसमेत जनाएका छन् ।
सभामुखको आग्रहपछि बैठक प्रश्नोत्तरमा प्रवेश गरेपछि रास्वपाका सांसद एवं पूर्वशिक्षामन्त्री शिशिर खनालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले २०७२ भदौ ७ मा कैलालीको टिकापुरमा भएको घटनामाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्न परेको रिटमा सर्वोच्चले नै नगर्न आदेश दिएपछि रोकिएको स्पष्ट पारे ।
उनले आफू पनि सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताए । साथै कतिपय घटनामाथि गरिने छानबिनका प्रतिवेदन सार्वजनिक गरिने र नगरिने अभ्यास रहेको समेत स्पष्ट गरेका छन् ।
नाउपाका सांसदहरुले पार्टीका संरक्षक रेशमलाल चौधरीसहित ४ जनालाई सर्वोच्चबाट समेत जन्मकैदको फैसला सुनाएपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् । नाउपा प्रतिवेदनको माग गर्दै यही जेठ ३ गतेदेखि १० गतेसम्म आन्दोलनका कार्यक्रमसहित सडकमा उत्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार