प्रधानमन्त्रीको पहिलो पश्नको जवाफ, पढाइका लागि ६७ अर्ब बाहिरियो
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १३:४३:२८
४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तरका लागि नियम निलम्बन गरि सोधिएको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् । उनले सोधिएको पहिलो शिक्षा सम्बन्धी प्रश्नको उत्तरमा विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् ।
कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उनले पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिएका हुन् । सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भनेर सांसद न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले पहिलो ९ महिनामा ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको देखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार