सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार ९:४६:६
५ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
सो बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति 'कार्य सञ्चालन' नियमावली २०७५ संसोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति 'कार्य सञ्चालन' नियमावली–२०७५ संसोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरुको मनोनयनसहित समिति’ गठन सबन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् ।
उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सबन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०८०’ स्विकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड ११' संकट ब्यवस्थापन बिधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसचीमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार