प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले थाल्यो विज्ञसँग छलफल
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार ११:३६:३७
५ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले जेठ तेस्रो साताभित्र हुनसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई केन्द्रमा राखेर भ्रमणका क्रममा उठाइने विषयहरु तयार गर्न पराष्ट्रका जानकारहरुसँग छलफल सुरु गरेको छ । भ्रमणको मिति तय नभएपनि जेठ तेस्रो साता प्रधानमन्त्रीको भारत भ्रमण हुने कुरामा दुई देशका अधिकारीहरु ढुक्क देखिएका छन् ।
नेपाल र भारत दुवै देशमा प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा छलफलहरु भइरहेका छन । सचिव स्तरीय छलफलले पनि प्रधानमन्त्री भ्रमणका केहि एजेण्डहरु तयार गरेको छ । परराष्ट मन्त्रालयका कर्मचारीका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण जेठ १८ देखि २० भित्रमा हुने छ । यसैलाई मध्य नजर राख्दै परराष्टमन्त्री एनपी साउदले आज शुक्रबार पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गर्दैछन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयबीच भएको सहमति अनुसार नै परराष्ट्रले भ्रमणका एजेण्डाबारे छलफल सुरु गरेको हो । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि नै भारत भ्रमणमा जाने तयारी गरे पनि समय मिलेको थिए । प्रधानमन्त्रीको भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेपछि नेपालले एक टोली भारत पठाउने तयारी भइरहेको पनि बताइएको छ ।
भारत भ्रमणका क्रममा नेपालले उठाउने विषयहरु तयार भएपछि ति विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबीच पनि छलफल हुनेछ । भ्रमणमा प्रधानमन्त्री, मन्त्री र सचिवस्तरमा हुने सहमतिको खाका तयार परेपछि नेपालबाट एक उच्च स्तरको टोली भारत पठाइने भएको छ । नेपलका प्रधानमन्त्री र भरतीय समकक्षीबीच हुने समझदारी र सहमतिका विषयहरु तयार पार्न परराष्ट्रमन्त्री साउदले आज विज्ञहरुसँग छलफल राखेका हुन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमरणका क्रममा राख्नुपर्ने पर्ने एजेन्डा मागिसकेको छ । परराष्ट्रमन्त्री साउदले सबै मन्त्रालयलाई यसका लागि पत्राचार गरिसकेको बताइएको छ । विभिन्न मन्त्रालय अधिकारीहरुलाई पनि राखेर परराष्ट्रमन्त्री साउदले आज दिउसो २ बजे पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परराष्ट्र मन्त्रालयमा छलफल गर्न लागेका छन् । प्रधानमन्त्रीको भ्रमणका विषयमा सुझाव दिन र नेपालले उठाउनुपर्ने विषयहरु निक्र्यौल गर्न उनीहरुकलाई बोलाइएको हो । प्रधानमन्त्रीभन्दा अगाडी एक पटक परराष्ट्रमन्त्री साउद पनि भारत जोन तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार