सुदूरपश्चिममा माओवादी केद्रका ३ जना मन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरिँदै
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार ११:३८:४५
५ जेठ, काठमाडौं । सुदूरपश्चिममा आज मन्त्रिमण्डल विस्तार गिरने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र)बाट
थप ३ मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा रमेश धामी, झपट साउदलाई मन्त्री र गीतादेवी मल्ललाई राज्यमन्त्री बनाउने गरी नाम दिएको छ । तर सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने अनिर्णयको बन्दी बन्न पुगेको छ । सुदूरपश्चिममा उसले बन्दी रिहाईकै मागलाई सरकारमा सामेल हुने वा नहुने विषय बनाएको छ ।
यही माग सम्बोधन गर्ने आश्वसन पाएपछि नाउपा केन्द्र सरकारमा सामेल भइसकेको छ । तर सर्वोच्चको आदेशले माग पूरा हुनेमा संशय पैदा भएको छ । तैपनि सरकारले आश्वसन दिन छाडेको छैन ।
नाउपा अलमलमा
पार्टी संरक्षक रेशमलाल चौधरीलाई यही मंगलबार सर्वोच्च आदलतले पनि जन्मकैद फैसला गरेपछि पछिल्लो समयमा नाउपा अलमलमा परेको छ । उसले चौधरी लगायत टिकापुर घटनालाई राजनीतिक मानेर त्यसमा दोषी ठहर्याई जेलमा बन्दी बनाइएका चौधरीसहित सम्पूर्ण बन्दीको रिहाईको माग पूरा भएमात्र सरकारमा जाने अडान लिइरहेको बेला सर्वोच्चको फैसला आएपछि दोधारमा पुगेको छ ।
रेशमले सवोच्चको फैसला मान्ने बताएपनि पार्टीले भने नेपालबन्द सहितको कार्यक्रम घोषणा गरेर सडक आन्दोलनमा उत्रिएको छ । टिकापुर घटनामा छानबिन भएर सरकारलाई बुझाएको तत्कालीन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने नाउपाको मुख्य माग रहेको छ । साथै उसले प्रतिवेदन सार्वजनिक नगर्ने र बन्दी नछाडे रेशमलाई कानून बनाएर फासीमा दिन भनेको छ ।
यसैबीच प्रधानमन्त्रीले नाउपाको मागबारे सर्वोच्च अदालतको आदेशमै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको जवाफ बिहीबार संसदमा दिइसकेका छन् । यसबाट पनि नाउपालाई आन्दोलनमा नैतिक संकट परेको ठानिएको छ ।
सर्वोच्चको फैसला बन्दीको विपक्षमा आएपनि रिहाइका लागि सरकारले भरपूर प्रयत्न जारी गरेको आवश्वन प्रधानमन्त्री प्रचण्डले सोही संसद बैठकमा दिएका थिए । तैपनि नाउपा विश्वस्त हुन सकेकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार