नेपाल बन्द रोक्न सरकारले आज नागरिक उन्मुक्तिसँग वार्ता गर्ने
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १२:४:५२
५ जेठ, काठमाडौं । भोलि शनिबारदेखि ५ दिन नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग सरकारले आज वार्ता गर्दैछ । शुक्रबारसम्म राँके जुलुस, विरोध प्रदर्शन, कोणसभा लगायत कार्य गरेको नाउपा शनिबारदेखि आम हडतालमा उत्रने घोषणा गरेको छ ।
आन्दोलन घोषणा गरेदेखि नै सरकारले कार्यक्रम फिर्ता गर्न आग्रह गर्दै आएको छ। सोही विषयमा छलफल गर्न आज सरकारसँग वार्ता हुने नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए । आजको वार्ता निर्णायक हुने पनि उनले बताए ।
वार्तापछि नेपाल बन्द कायम हुने वा नहुने भन्नेबारे थाहा लाग्ने उनले बताए । टिकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएको छ । सोही माग पूरा गराउन भन्दै नाउपा केन्द्र सरकारमा सहभागी छ ।
सरकरको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ भने सोही सरकारमा नाउपाकी अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार