ढाकाकुमारको मुद्दामा सर्वाेच्चमा सुनुवाइ सुरू
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १२:३८:५०
५ जेठ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि पार्टीमा नजराना बुझाउन घुस मागेको २ करोड घुस रकम माग गरेकाे अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बिवत सामानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरू भएकाे छ ।
शुक्रबार सुनुवाइको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तेस्रो नम्बरमा परेको छ । अहिले सुनुवाइ जारी छ ।
अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले पार्टीका साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट निलम्बन गरेपछि उक्त निर्णय बदरको मागसहित अन्तरिम आदेश जारी गरिपाउँ भन्दै श्रेष्ठले गएको वैशाख २४ गते रिट दायर गराएका थिए । सोही रिटमा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ ।
यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश दिनुका साथै अन्तरिम आदेश जारी हुने वा नहुनेबारे दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो । सोहीबमोजिम अन्तरिम आदेशबारे आज सुनुवाइ हुँदैछ । मुद्दामा पार्टीको अनुशासन समिति लगायतलाई विपक्षी बनाइएको छ ।
रास्वपाले श्रेष्ठलाई निलम्बन गरेसँगै उनको स्थानमा एसिड पीडित विन्दावासीनी कंसाकारलाई नियुक्त गर्न निर्वाचन आयोगमा पत्र लेखेको थियो । सोहीबमोजिम आयोगले कंसाकारलाई नियुक्त समेत दिइसकेको छ । तर पदको शपथ नलिँदै सर्वोच्चको अल्पकालीन आदेश आएका कारण शपथ रोकिएको छ ।
आज सुनुवाइ भएर फैसला आएको खण्डमा कंसाकारको नियुक्त कायम रहन्छ वा रहँदैन भन्ने कुराको पनि टुंगो लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार