रजनीकान्तको लाल सलाममा कपिल देव
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १२:४०:१८
५ जेठ, मुम्बई । साउथ सुपरस्टार रजनीकान्त यतिबेला आफ्नो फिल्म ‘लाल सलाम’लाई लिएर चर्चामा छन् । यो फिल्ममा अब भारतीय प्रख्यात पूर्व क्रिकेटर कपिल देव पनि जोडिएका छन् ।
फिल्ममा कपिल देवको केमियो हुनेछ । उनले फिल्ममा आफ्नो भागको सुटिङ पुरा गरिसकेका छन् । हालैमात्र रजनीकान्तले ट्वीटरमा सुटिङ सेटका केही तस्वीर सार्वजनिक गरेका छन् ।
तस्वीरमा कपिल र रजनीकान्त देखिएका छन् । रजनीकान्तले सेतो कलरको परम्परागत आउटफिट लगाएका छन् भने कपिल क्याजुअल लुक्समा छन् । दुवैजना एकापसमा कुराकानी गरिरहेका छन् । कपिलको सुटिङ मुम्बईमा भइरहेको छ ।
स्रोतका अनुसार फिल्ममा कपिलले क्रिकेटरकै भूमिका निर्वाह गर्दैछन् । यसबाहेक फिल्मबाट बढी जानकारी बाहिर आएको छैन । फिल्मको निर्देशन रजनीकान्तकी छोरी ऐश्वर्याले गरेकी छन् ।
कपिलका लागि फिल्मी अभिनय यो पहिलोपटक होइन । उनले कैयौं पटक फिल्ममा केमियो गरेका छन् । केही वर्षअघि रिलिज फिल्म ‘८३’ मा उनले केमियो गरेका थिए । यसबाहेक सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा अभिनित ‘मुझ से सादी करोगी’मा पनि अभिनय गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार