मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुको माग
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १३:६:२९
५ जेठ, भैरहवा । मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरुले आयोगसँग माग गरेका छन् । मिटरब्याजीबाट पीडितहरुको सुझाव संकलनमा रुपन्देही आएका आयोगका पदाधिकारीहरुलाई पीडितले आफूहरुको मजबुरीको फाइदा साहुहरुले उठाउँदै अनाधिकृत रुपमा सम्पत्ति जोड्दै गएकाले त्यसमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
नेपाल सरकारले गठन गरेको अनुचित लेनदेन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा सदस्यहरु गणेशबाबु अर्याल र उत्तमराज सुवेदीसहितको टोलीले मिटरब्याज समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको छ । मिटरब्याजका प्रकृति र सो समाधान कसरी गर्नेबारे विभिन्न जिल्लामा पुगेर रायसुझाव संकलन गर्ने क्रममा सो टोली बिहीबार भैरहवा आएको हो ।
पीडितहरुले मिटरब्याजीको नाम दिँदा समेत प्रशासनले पीडितलाई न्याय दिनुको साटो उनीहरुको संरक्षण गर्ने गरेको आरोप लगाए । भैरहवामा जिल्ला प्रशासन कार्यालयअगाडि ठेला व्यवसाय गर्दै आएका रमानन्द बनिया, राजेश बनिया लुम्बिनीका प्रदिप कुमार मौर्य, मर्चवार क्षेत्रबाट केशबनन्द बनिया, कृपानन्द बनिया लगायतका मिटरव्याजी रहेको नाममा दर्जार्नौ निवेदन दिँदा समेत प्रशासनले कुनै कारवाही नगरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष उमेश कोइरीले भने ।
मिटरब्याजीका कारण रुपन्देहीका धेरै व्यक्तिको उठीबास भएको, कतिले आत्महत्या गरेको समेत बताए । सहभागीहरूले ब्याजमा पैसा लिनेदिने कार्य शदीयौंदेखि आपसी समझ्दारीमा हुँदै आएको तर अहिले आएर ऋणीलाई ठग्ने उद्देश्यले मिटरब्याज र करेन्ट ब्याज साहुहरूले अनेक प्रकारको कारण देखाउँदै प्रशासनको मिलेमतोमा फसाउने गरेको उनले बताए । समस्यामा पर्दा ऋण लिइन्छ, साँवा र व्याज पनि तिरेको र तिर्ने भने पनि सोविपरीत साहुहरूले गलत काम गर्दै आएकाले समस्या सृजना भएको बताएका अध्यक्ष कोरीले पीडितहरुले ऋणीले लेनदेन गर्दा साहुले बनाएको कपाली तमसुक, दिएको खाली चेक तथा जग्गाजमीन दृष्टिबन्ध गरी ऋण लिने गरेका जानकारी दिए । सावा भन्दा बढी पैसा साहुहरुले असुल गरे पनि चेक बाउन्स र तमसुककै आधारमा पीडितलाई सताउने गरेको अध्यक्ष कोरीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जाँचबुझ आयोग गठन हुनुअगावै रुपन्देहीमा ४० वटा उजुरी दर्ता भएको बताए । जसमध्ये १२ वटा मेलमिलाप भइसकेको उनको भनाइ छ । बाँकी ४ वटा अदालतमा गएको र २४ वटा छलफलकै क्रममा रहेको उनले बताए ।
अहिले आयोग गठन भएर अध्यादेश जारी भएपछि २९० वटा निवेदन दर्ता भएकोमा ती मध्ये १६७ वटा कम्प्युटर प्रणलीमै दर्ता भइसकेको बताए । ७ गते सम्म निवेदनको समय रहेकोले निवेदनहरु अझै थपिँदै गएको छ, यसका लागि प्रशासन कार्यालयले जनशक्ति नै खटाएको प्रजिअ पाण्डेले भने ।
नेपाल सरकारले निर्देशन गरेअनुसार जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीपीडितहरूको हकमा सार्वजनिक सूचना निकालेर निवेदनका लागि अनुरोध गरेको छ ।
मिटरब्याजपीडितका अनुसार साहुहरुले यौन शोषण, मानसिक तनाव, धाक धम्की, कुटपिट, उठीबास, शिक्षामा रोकथाम, लिएको रकम तेब्बर बनाएर असुल गर्ने, साहुले मनलागी कागज बनाउन लगाउने, तमसुक नबनाई जमिन खोस्ने, पीडितमाथि उल्टै मुद्दा हाल्ने, जमिन र पैसा दुवै लिएर पनि तमसुक नच्यात्ने लगायतका गतिविधि गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार