कैदीबन्दीसँग रकम माग्ने मोरङ कारागारका जेलरको सरुवा
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १४:१५:१४
५ जेठ, काठमाडौं । जेलरले आफूहरुसँग निरन्तर रकम मागेको भन्दै मोरङ कारागारका कैदीबन्दीहरुले चलाएको लगातार आन्दोलन टुंगिएको छ । आरोपी ध्रुवप्रसाद कोइरालालाई कारागार प्रशासनले सरुवा गरेपछि उनीहरुले आन्दोलन रोकेका छन् ।
गृह मन्त्रालयको सचिव स्तरको बुधबारको निर्णयले कोइरालालाई इलाममा सरुवा गरिएको छ । बिरामी भएर उपचारमा जानका लागि जेलर कोइरालाले रकम माग्ने गरेको भन्दै कैदीबन्दीहरुले कोइरालाको सरुवाको माग गर्दै निरन्तर जेलभित्रै आन्दोलन गर्दै आएका थिए । विरोधमा उनीहरूले टाउको र हातमा कालो पट्टी बाँधेर धर्ना बसेका थिए ।
कोइरालाले कारागारमा भ्रष्ट्राचार गरेको, कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य वस्तुमा कमिसन खाएको आरोप थियो । काेइरालाकाे सरूवा भएसँगै कैदीबन्दीहरूले आन्दोलन रोकेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार