आधुनिक बाजाले गाउँघरमा देउडा र रतेडीको मोह घट्दै
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १४:२८:४
५ जेठ, टीकापुर । देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ । आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले बताए ।
विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्माले बताए । “गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन”, उनले भने, “बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन् ।” खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ । “एकपटक रातभरि रतेडी खेलेका थियौँ”, उनले भने, “हिजो आज देउडा १÷२ घन्टा पनि खेल्न पाइँदैन ।”
कैलालीको जानकी गाउँपालिकाका रतिराम सापकोटालाई आजभोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन । देउडा खेल्न निकै मनपराउने उनी आधुनिक नृत्य हेर्न मन नलाग्ने बताए । “रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु (डिजे) बढी रमाएको देख्न सकिन्छ”, उनले भने, “हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो । देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ ।”
देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताए । “गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो”, उनले भने, “बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन ।”
त्यस्तै जोशीपुर– ७ लोहागढकी बासुदेवी विकलाई पनि विवाहमा बजाइने आधुनिक बाजा पटक्कै मन पर्दैन । “पहाडमा रातभरि रतेडी र देउडा खेल्थ्यौँ”, उनले भने, “यो डिजे बाजा झगडा बनाउने साधन हो जस्तो लाग्छ । जुन घरमा उत्सव छ त्यहाँ युवाबीच झगडा हुने र कुटपिटसमेत हुने गर्छ । रमाइलो हेर्न जान पनि डर लाग्छ ।”
बासुदेवीले देउडा र रतेडी हेर्न नपाइने र आधुनिक बाजाको नाचगान हेर्न जाँदा पनि हल्लाखल्ला र झगडा बढी हुने भएकाले कार्यक्रममा जान छोडेको बताए । पछिल्ला समय रतेडी र देउडा पनि डिजे बजाएरै खेल्ने गरेको देखिन्छ । “मुखले गीत भन्ने र खेल्ने पराम्परा पनि हराउँदै गएको छ”, साहित्य तथा संस्कृतिविद् डा योगेन्द्र बजगाईंले जोड दिए, “ आधुनिक गीतले हाम्रो संस्कृतिमा नराम्रो असर गरेको छ । हाम्रा संस्कार र संस्कृतिसँग जोडिएका परम्परागतरूपमा गाइने देउडा संरक्षणका लागि जानकार सबै लाग्नुपर्छ ।” उनले रतेडी र देउडा सुदूरपश्चिमका संस्कृति भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । “हातमा हात, पैतलामा पैतला मिलाई रतेडी र देउडा खेल्नु हाम्रो संस्कृति हो”, संस्कृतिविद् डा बजगाईंले भने, “संरक्षणकर्मीले यसमा युवा पुस्तालाई सहभागी गराउन बढाउन योजना बनाउन जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार