खोज र खोप अभियान रौतहटमा धमाधम
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १४:२९:३२
५ जेठ, रौतहट । जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएका छन । असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उद्देश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको छ । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक संचालन भई रहेका छन ।
यो अभियान अन्तर्गत खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन । खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले बालबालिकाले लगाउनु पर्ने सबै खोप घरमै गएर दिइरहेकोे जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरे प्रसाद यादवले वताए ।
जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन । खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए ।
जन्मदेखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । जिल्ला को नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ। खोज र खोप अभियानले असारसम्म रौतहटलाई खोप सुनिश्चितताको लेवलमा पुर्याउने विश्वास लिइएको छ । सुनिश्चितता बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हो । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा रोटा , पोलियो,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्तामा रोटा, पोलियो, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ ।
बालबालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा– रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा– रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।
२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक र धनुषावाट खोप शुरु भई । हाल ७७ वटै जिल्लामा १३ यो रोग विरुद्व १३ खोप चलि रहेका छन । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि बालबालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वरो आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने गर्दछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार