ढाकाकुमारको मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १४:४५:५७
५ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि पार्टीमा नजराना बुझाउन घुस मागेको २ करोड घुस रकम माग गरेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित सामानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ पूरा हुन सकेन ।
त्यसपछि प्रशासनले मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखेको छ । सुनुवाइ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुरु भएको हो ।
अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले पार्टीका साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट निलम्बन गरेपछि उक्त निर्णय बदरको मागसहित अन्तरिम आदेश जारी गरिपाउँ भन्दै श्रेष्ठले गएको वैशाख २४ गते रिट दायर गराएका थिए । सोही रिटमा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे दुवै पक्षबाट बहस सकेर फैसला आउने अपेक्षा गरिएको थियो ।
यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश दिनुका साथै अन्तरिम आदेश जारी हुने वा नहुनेबारे दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो । सोहीबमोजिम अन्तरिम आदेशबारे आज सुनुवाइ सुरु भएको हो । मुद्दामा पार्टीको अनुशासन समिति लगायतलाई विपक्षी बनाइएको छ ।
पार्टीले निलम्वन गरेपछि श्रैष्ठले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू निर्दोष रहेको र अदालतबाट ‘क्लिन चिट’ लिएर आउने बताएका थिए ।
रास्वपाले श्रेष्ठलाई निलम्बन गरेसँगै उनको स्थानमा एसिड पीडित विन्दावासीनी कंसाकारलाई नियुक्त गर्न निर्वाचन आयोगमा पत्र लेखेको थियो । सोहीबमोजिम आयोगले कंसाकारलाई नियुक्त समेत दिइसकेको छ । तर पदको शपथ नलिँदै सर्वोच्चको अल्पकालीन आदेश आएका कारण शपथ रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार