लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले संसदमा दिएको अभिव्यक्तिविरुद्ध उजुरी
सर्वोच्चको अल्पकालीन आदेशकै कारण रोकिएकोे पुष्टि
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १५:२६:१९
५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सचिवालयमा उजुरी परेको छ । बिहीबार संसदको प्रतिनिभिसभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नमा २०७२ भदौ ७ मा कैलालीको टिकापुरमा भएको घटनामाथि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको आयोगले छानबिन गरी सरकारलाई बुझाएको प्रतिवेदन सर्वोच्च अदालतको आदेशमा सार्वजनिक नगरिएको भनी दिएको जवाफ झुटा भएको दाबीसहित कारवाहीका लागि उजुरी परेको हो ।
उजुरी अधिवक्ता एवं अभियन्ता भद्रप्रसाद नेपाल ‘स्वागत’ले शुक्रबार दिएका छन् । उनले प्रतिवेदन सार्वजनिक गर्न अदालतले नरोकेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको रोस्ट्रमबाट संसदलाई ढाँटेको र यसबाट संसदको अवहेलना भएको भन्दै संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने जिकिर उजुरीमा गरिएको छ ।
सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले टीकापुर घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नका कारण के हो ? भनेर प्रश्न गरेका थिए ।
तर, २०७८ साल चैत २० गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लाल आयोगबारे सार्वजनिक गर्न भन्दै राष्ट्रिय सूचना आयोगले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको पाइएको छ । सो आदेशलाई मान्दा प्रधानमन्त्री प्रचण्डले संसदलाई दिएको जवाफ सही भएको देखिएको छ ।
त्यसअघि लाल आयोगको प्रतिवेदनको प्रतिलिपि माग गर्दै सर्वोच्च परेको रिटमा २०७६ असोज ३० गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश सपना मल्ल प्रधानको इजलासले लाल आयोगको प्रतिवेदनबारे ३ महिनाभित्र आवश्यक निर्णय गर्न सूचना आयोगका नाममा परमादेश जारी गरेको र सोही परमादेशअनुसार आयोगले प्रतिवेदन सार्वजनिक गर्न २०७८ फागुन ५ मा सरकारलाई आदेश दिएको थियो ।
आदेशपछि सरकार मुख्यसचिव शंकरदास वैरागीले प्रतिवेदन सार्वजनिक गर्दा सार्वजनिक शान्ति सुव्यवस्था तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा प्रतिकुल असर पर्ने भएकाले आयोगको निर्णय स्थागित गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराए । सो रिटमा न्यायाधीश कुमार रेग्मीको इकल इजलासले दुवै पक्षको बहस नसुनुन्जेलका लागि आयोगको आदेश यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएपछि सार्वजनिक हुनबाट रोकिएको पुष्टि पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार