कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १६:३८:३२
५ जेठ, कीर्तिपुर । कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिएको छ । यसबाट विगत १७ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता पाएको छ ।
मध्यरात कीर्तिपुर नगरपालिकाबाट मछिन्द्रनाथको प्रतिमूर्तिलाई पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यलाई हस्तान्तरण गरिएको थियो । याक मिसाको प्रतिमूर्तिलाई भने कीर्तिपुरमा भविष्यमा स्थापना हुने सङ्ग्रहालयमा राख्ने निर्णय भएको छ ।
रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुर–२ पुरातात्विकस्थल प्यांःगथाँ पुगी ‘याक मिसा’ ९शक्ति स्वरुप मानिएकी अविवाहिता०लाई प्रसाद ग्रहण गराउने परम्परा छ । यसैगरी रथयात्राकै कुनै एक दिन कीर्तिपुरका महिलाले रथ तान्ने चलनसमेत यहाँ चलेको छ ।
यसैबीच गत मङ्सिरमा स्थानीय सुखी गंछेँ समाजको पहलमा मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसको मच्छिन्द्रनाथका पुजारीको समूह हयग्रवी भैरवनाथ तथा ३२ पानेजु सङ्घले कडा विरोध जनाएको थियो । तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रूपमा पूजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भनाइ उनीहरूको थियो । मूर्ति हटाउने र नहटाउनेबीचको विवाद कीर्तिपुर नगरपालिकाको समन्यवमा समाधान गरिएको हो ।
त्यसपछि ललितपुर महानगरपालिका र पुरातत्व विभागले सुखी गँ छेलाई सो मूर्तिहरू प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकका आधार भन्दै कीर्तिपुर नगरपालिकाले वैशाख ७ गते मूर्ति हटाउन सुखी गँछेलाई आग्रह गरेको थियोे ।
नगरपालिका, पुरातत्व विभाग र मछिच्द्रनाथका पुजारीको दबाबपछि पनि सुखी गँछेले सम्मानजनक निकास दिनुपर्ने माग राख्दै आएको थियो । गत वैशाख २५ गते स्थापित मूर्ति प्याँगथाबाट हटाइएको थियो । त्यसपछि कीर्तिपुरे महिलाले मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको थियो । कीर्तिपुरे महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलसम्म तानेका थिए ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरे महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरूको थियो । यसैगरी जल पानेजु नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरको प्यांःगथाँ पुग्ने ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)लाई प्रसाद दिने परम्परा भने मूर्तिको उचित व्यवस्थापन नभएम्म नगर्ने अडान पानेजुहरूको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार