लोकतन्त्रप्रति नागरिक उत्साहित, भ्रष्टाचार नियन्त्रणमा जनता र सरकार एक: राष्ट्रपति
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १६:४७:५०
५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को सरकारको पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने निर्णय गरेर कार्यान्वयन गर्न थालसँगै जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताएका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले सरकारले कार्यभर सम्हालेको छोटो समयको उपलब्धि देखिन थालेको बताए । राज्य र लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको उनको भनाइ छ । विधिको शासनप्रति जनताको भरोसा बढेको र भ्रष्टाचार नियन्त्रणमा जनता र सरकार एकै ठाउँमा आएको पौडेलले जनाए ।
उनले सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरे । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनको भनाइ छ ।
राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्ने उनले घोषणा गरे । राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार