सरकारद्वारा हाम्रो उत्पादन, हाम्रो स्वाभिमान अभियान घोषणा
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १७:५०:१२
५ जेठ, काठमाडौं । सरकारले हाम्रो उत्पादन, हाम्रो स्वाभिमान अभियान सुरु गरेको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्नका लागि आगामी आर्थिक वर्षमा यो अभियान सुरु गरिन लागेको बताए ।
यो अभियानमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने नीति सरकारले लिएको राष्ट्रपति रामचन्द्र पौडेलले बताए । कृषि क्षेत्रमा आधारित उच्च ज्ञान र सीपमा आधारित उद्योगको विकास गर्न औद्योगिक वातावरण निर्माण गर्ने, लगानी योग्य पुँजीको अभावमा उद्यमशीलता निरूत्साहित हुने अवस्था समेत अन्त्य गर्ने सरकारको योजना छ ।
आवश्यक पर्ने कानुन व्यवस्थालाई एकीकृत गर्दै आत्मनिर्भर बन्न सक्ने वस्तु तथा सेवा पहिचान गरेर विकासमा सहयोग गर्ने व्यवस्था समेत सरकारले गरेको छ । यस्तै, स्वदेशी उत्पादनको मूल्य २० प्रतिशतसम्म महँगो भएपनि खरिद गर्ने व्यवस्था लागू गर्ने तथा निजी क्षेत्रबाट सुरु भएको मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई अघि बढाउने व्यवस्था समेत समेटिएको छ ।
निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक क्षेत्र र आर्थिक क्षेत्रको पूर्वाधार निर्माण तथा सञ्चालनको व्यवस्था गर्ने, पहुँच मार्ग, प्रसारण लाइन लगानीकर्ताले नै लगानी गरेमा सरकारले रकम दिने व्यवस्था समेत नीति तथा कार्यक्रम मार्फत गरिएको छ । विद्युत खपतमा सहुलियत उपलब्ध गराएर उद्योगको क्षमता विस्तारमा सहायो गर्ने तथा लघु घरेलु तथा साना उद्योगलाई बढावा दिनका लागि बिक्री केन्द्र सञ्चालन ल्याउने समेत राष्ट्रपति पौडेलले घोषणा गरे ।
यस्तै, रोजगारी र उद्यमशीलता उन्मुख स्व रोजगारीका लागि व्यावसायिक तालिमलाई प्राथमिकतामा राख्ने समेत राष्ट्रपतिले बताए । यस्तै, सुरुवाती व्यवसाय सुरु गर्न आवश्यक पर्ने पुँजी सहुलियत पूर्ण ब्याजमा उपलब्ध गराउने समेत सरकारको योजना रहेको छ ।
नवप्रवर्तनकाे क्षेत्रमा काम गर्न चाहने युवाको दक्षता उपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने समेत राष्ट्रपति पौडेलले बताए । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन विदेशस्थित कूटनीतिक नियोग सक्रिय पार्ने तथा विदेशीलाई उद्योगमा लगानी गर्न प्रोत्साहन गरिने उनको भनाई छ ।
यस्तै, लामो समयदेखि बन्द तथा रूग्ण उद्योगलाई सञ्चालन गर्ने वा खारेजी तथा बन्द गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति समेत बन्ने घोषणा गरिएको छ । पुनः सञ्चालनको सम्भावना रहेको हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई पुनः सञ्चालनमा ल्याउने घोषणा समेत सरकारको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार