तनहुँमा अज्ञात रोगका कारण पशु मरे, लम्पीको आशंका

नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १८:२८:२५

५ जेठ, दमौली । तनहुँको देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन् । लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले के कारणले पशुको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको बताए । “जिल्लाभर यतिबेला लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच पशु मरेको खबर आएको छ, यही रोगका कारण हो वा होइन भन्ने पुष्टि भइसकेको छैन,” डा श्रेष्ठले भने ।
लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उहाँको भनाइ छ । “यो रोग लागेको खण्डमा उत्पादनमा ह्रास भने आउँछ, तर मृत्यु नै हुने खालको रोग भने होइन,” उनले भने ।
जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको हो ।
लम्पी रोगका कारण कृषकले पालेका पशुहरु बिरामी पर्न थालेका छन् । गाईभैँसीमा ज्वरोसहित शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउनेजस्ता लक्षण देखिएको देवघाट गाउँपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दिपकसिंह धामीले जानकारी दिए ।
“केही वडामा गाईभैंसीमा लम्पीस्किन रोग देखा परेकाले आवश्यक सजगताका लागि कृषकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ, यसको ठोस उपचार नभएकाले लक्षण अनुसारको उपचार गर्नुपर्ने अवस्था छ,” उनले भने । गाउँपालिकाले गोठ र मलखादको दूरी दश मिटर कायम गर्न, गोठ नियमितरुपमा फिनेल पानी सफा गर्न, पशु बाँध्ने गोठमा दिसा, पिसाब तथा पानी जम्न नदिन कृषकलाई आग्रह गरेको छ ।
भिमाद नगरपालिकाका केही स्थानमा गाईभैँसीमा लम्पी रोग देखा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले यसको ठोस उपचार नभएकाले आवश्यकता सतर्कता नै प्रमुख उपाय भएकाले कृषकलाई सोही बमोजिम गर्न भनिएको जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालका अनुसार विभिन्न वडामा यो रोग देखिएको छ । हालसम्म यो रोग विरुद्धको खोप उपलब्ध नभएकाले लक्षणअनुसार नै उपचार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा गाइभैँसीमा भाइरसबाट लाग्ने लम्पी रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले कृषकले यसबारेमा जानकारी गराएकाले पालिकाले अनुगमन गर्ने बताए । जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परेकाले यसबाट गाइभैँसीलाई बचाउन सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले बताए । उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन् समस्या आउने तथा गर्भपतन हुन सक्ने सम्भावना रहन्छ । उनले भने, “यो रोग भाइरसबाट लाग्ने भएकाले प्रभावकारी उपचार छैन । यसको सबैभन्दा राम्रो उपाय भनेको रोग लाग्न नदिनु नै हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा चार जना कोरोना संक्रमित थपिए
जेठ १८, २०८० बिहिबार
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस
जेठ १७, २०८० बुधबार
घरपरिवारले साथ नदिँदा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार