अनसनरत कांग्रेस सांसद सञ्जय गौतमको स्वास्थ्य अवस्था गम्भीर, जीवनरक्षाका लागि आयोगको ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार ८:२०:५५
६ जेठ, काठमाडौं । अनसनरत नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जय गौतमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनी बर्दियाको जब्दी पुलमुनि आमरण अनसनमा बसेको लामो समय भइसक्दा पनि सरकारको ध्यान त्यसतर्फ गएको छैन ।
पप्पु कन्स्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बार बर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेको भन्दै उनी अनसनमा बसेका हुन् । पुल बनाउने माग राखेर अनसनमा बसेको गौतमको अहिले स्वास्थ्य अवस्था निकै जटिल बनेको छ ।
जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेको छ । जहाँ एक जना मान्छे तरेको दश रूपैयाँ लाग्छ । साइकल र मान्छे तर्दा २० रूपैयाँ लाग्छ । मोटरसाइकलमा एक जनाको २५ रूपैयाँ र दुई जनाको ३५ रूपैयाँ लाग्छ । अटो रिक्सा तारेको ५० रूपैयाँ लिने गरिन्छ । यो अवस्था हटाउने माग राखेर गौतम अनसनमा बसेका हुन् ।
यसै बीच राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत प्रतिनिधिसभा सदस्य सन्जयकुमार गौतमको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै सात दिनदेखि अनसनमा रहेका बर्दिया–१ का सांसद गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।
आयोगले अनुगमनका क्रममा गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको जनाएको छ । सांसद गौतमको स्वास्थ्य अवस्था गम्भीर रहेको र जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘विकास प्रक्रियामा देखा परेका समस्याहरूको समाधान सहभागितामूलक प्रक्रियाबाट गरिनु राज्यका निकायहरूको कर्तव्य हुन्छ । अतः सांसद गौतमले उठाएका उचित मागहरूको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आमनागरिकको विकासको अधिकारको सुनिश्चतता गर्न र अनशनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील भई निजको जीवनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बबई सिँचाइ आयोजना, राजापुर सिँचाइ परियोजना, मध्यवर्ती क्षेत्रका नागरिकको जीउधनको सुरक्षासहितका माग राखेर सांसद गौतम अनसनमा छन् । सरकारले अहिलेसम्म उनीसँग छलफल समेत नगरेको बताइएको छ । यो क्षेत्रका नेताहरूले पनि उनको स्वास्थ्य अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार