उद्यमी बन्न चाहनेलाई बालेनको अवसर, महानगरमा योजना पेस गर्न आग्रह

नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार ९:८:४८

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरको आइडिया बैंकमा नयाँ योजना लिएर आउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भन्दै नयाँ योजना भए प्रस्तुत गर्न उनले आग्रह गरेका हुन् ।
व्यवसायमुखी आइडिया भए र त्यसलाई व्यवसायमा परिणत गर्न चाहना भए त्यस्ता योजना लिएर आउन पनि उनले आग्रह गरेका छन् ।
नयाँ योजना भए कसैले पनि उद्यमी हुन रोक्न नसक्ने काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन् । उनले महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको बताएका छन् ।
आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने रहेको छ ।
‘तपाईँसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन । तपाईँ विद्यार्थी हुनुहुन्छ तपाईँसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ, बालेनले भनेका छन ।्’
‘कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने । कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँच वटा क्याटगोरीमा आवेदन माग गरिएको छ ।’ जेठ १९ गतेसम्म आवेदन दिन बालेनले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार