गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु, रारा ताल हेर्न सहज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार ९:१५:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Rara_8ih3ZtITBT_CifgxoGRfE.jpg)
खड्क सुनार
६ जेठ, मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौं सम्म सिधा बस सेवा सुरु भएको हो ।
क्षेत्रिय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले सयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रवार विधिवत रुपमा उद्धघाटन गरेका छन् । सो प्रालिले अब सिधै गमगढी देखि सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाईएको छ ।
मुगुमा स्थापना भएको सो प्रालिलाई छायानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाई र भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिका ईन्चार्ज रविन मल्लले आज सो प्रालिको उद्धघाटन गरेका हुन । मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।
बिगतका दिनहरुमा मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधनले सिधै राजधानीसम्म चल्न सकेका थिएनन । राजधानीसम्म सवारी नचल्दा यहाका नागरिकहरु सवारी ब्यवसायीबाटै ठगिन पुगेका थिए । अब सिधै काठमाडौंसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।
अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने काउण्टर ईन्चार्ज रविन मल्लले बताए ।
मुगुमा च्याउ उम्रे जस्तै काउण्टरहरु स्थापना भएका छन् । दिर्घकालिनसम्म नरहने यात्रु ठगिन पुगेका छन् छायनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईले भने । मुगुमा अब राजधानीसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरुको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार