जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा कार निर्यात गर्ने मुलुक
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार ९:२६:५३
६ जेठ, काठमाडौं । जापानलाई उछिन्दै पहिलो पटक उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार जापान भन्दा झन्डै १ लाख बढी कार निर्यात गरेर चीन पहिलो मुलुक बनेको हो ।
एक आर्थिक रिर्पोट अनुसार यस वर्षको पहिलो त्रैमासिकमा १० लाख ७ हजार कार निर्यात गरेर चीनले यो रेकर्ड बनाएको। हो । यसै आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार मात्र निर्यात गरे पछि जापान भने दोस्रो स्थानमा झर्न पुगेको छ ।
चीनले पहिलो त्रैमासिकमा गरेको यो पछिल्लो कार निर्यातको तथ्यांक गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । विद्युतीय कारले क्रमशः लोकप्रियता बढाउँदै लगेको र यसै बिचमा रुसमा कारको माग बढेसँगै चीनको निर्यात बढन पुगेको जनाईएको छ ।
गत वर्ष मात्र चीनले युरोपियन मुलुक जर्मनीलाई उछिन्दै कार निर्यातमा गर्ने विश्वको दोस्रो मुलुक बन्न सफल भएको थियो । बीबीसीका अनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेर जर्मनीलाई तेस्रो स्थानमा झारेर दोस्रो स्थानमा उक्लन सफल भएको थियो । जर्मनीले सो आर्थिक बर्षमा २६ लाख मात्र गाडी निर्यात गरे पछि तेस्रो स्थानमा झरेको हो । सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको थियो ।
पछिल्लो समय विश्वभर विधुतीय कारको माग अप्रत्याशित रुपमा अघि बढिरहेको छ, जसको प्रत्यक्ष फाइदा बिद्युतीय कार उत्पादन गर्ने चिनियाँ बजारलाई पुगेको छ । उता, टेस्लाले पनि चिनमा उत्पादन गरेको बिद्युतीय कारको विश्वभरी माग बढेको छ । सांघाईमा रहेको टेस्लाको ठूलो विद्युतीय कार प्लान्टवाट उत्पादित कारको जापान र युरोपेली बजारमा माग अत्याधिक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार