गुगलका सीईओ पिचाईले बेचे बाल्यकाल बिताएको चेन्नईको घर, बुबा भए भावुक

नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १२:२४:१३

६ जेठ, काठमाडौं । गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको चेन्नई, भारतको घर बेचिएको छ । पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन ।
मदुरै, तमिलनाडुमा लक्ष्मी र रघुनाथ पिचाईको घरमा जन्मेका सुन्दर पिचाईले आफ्नो सम्पूर्ण बाल्यकाल चेन्नईमा बिताए। पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए। सुन्दर २० वर्षको उमेरसम्म यही घरमा बस्थे । उनी अहिले अमेरिकामा बस्छन् ।
यो घर कति पैसामा बेचियो, यसको जानकारी भने खुलाइएको छैन । द हिन्दु बिजनेस लाईनसँग कुरा गर्दै मणिकन्दनले भने, ‘म आफै रियल स्टेट डेभलपर हुँ। मैले करिब ३ सय घर बनाएको छु । सुन्दर पिचाईले हाम्रो देशलाई गौरवान्वित बनाएका छन् । उहाँ बस्ने घर किन्नु मेरो जीवनको गौरवको क्षण हो।’
जग्गाका नयाँ मालिक मणिकन्दनले आफ्नो अनुभव बाँड्दै भने, ‘पिचाईको पहिलो सम्पत्ति भएकाले सम्पत्तिको कागजात हस्तान्तरण गर्दा उनका बुबा निकै भावुक हुनु भयो, पिचाईका बुबाले कागजी कार्य पूरा गर्न दर्ता कार्यालयमा घण्टौं धैर्यताका साथ पर्खनुभयो,’ मणिकन्दनले भने। लेनदेन प्रक्रिया पूरा हुन करिब चार महिना लाग्यो किनकि पिचाईका बुबा त्यतिबेला अमेरिकामा बस्दै आएका थिए।
यो घर किन्ने कुरा चलिरहेको बेला सुन्दरकी आमाले व्यक्तिगत फिल्टर कफी बनाएको मणिकन्दनले स्मरण गरे । पिचाई अन्तिम पटक सन् २०२१ को अक्टोबरमा चेन्नई आएका थिए । हवाई अड्डा जाने बाटोमा उनी बाल्यकालका सम्झना ताजा गर्न वाणी स्कुलसमेत पुगेका थिए । अहिले सो घर भत्काउने कार्य सुरु भएको छ । जसलाई हरियो रंगको जालीदार कपडाले छोपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा ५ दिनसम्म ‘लू’ चल्न सक्छः महाशाखा
जेठ १९, २०८० शुक्रबार
काठमाडौंको तापक्रम ३२ डिग्रीसम्म पुग्ने, तराइको जनजीवन गर्मीले प्रभावित
जेठ १९, २०८० शुक्रबार
नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार