स्टण्टबाज गृहमन्त्री नारायणकाजीको हतियार खरिदमा मोह, करोडौं कमिशनको चलखेल
हतियार खरिदमा मन्त्रालयको सहजीकरणः बजेटको सिलिङ ९ अर्ब बढ्यो
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १४:७:५४
६ जेठ, काठमाडौं । नेपाल प्रहरीलाई जनताको प्रहरी बनाउने अभियान चलिरहेका बेला गृहमन्त्रालयले भने प्रहरीलाई आवश्यक पर्ने हतियार खरिदका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ । मुलुक आर्थिक संकटमा परेका बेला मन्त्रालयले प्रहरीलाई बजेटमै हतियार खरिदका लागि व्यवस्था गरेर हतियार खरिद गर्न लागेको हो ।
प्रहरीलाई हतियार अति आवश्यक रहेको बताउँदै जसरी पनि हतियार खरिद गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले गृहकार्य सुरु गरिरहेका बेला गृहले नै बजेट भाषण मार्फत बजेट व्यवस्था गरिदिन लागेको हो । दैनिक प्रयोग तथा सुरक्षामा, भीआईपी सुरक्षा तथा चुनावलक्षित सुरक्षामा हतियार अपुग रहेको भन्दै यसपटक जसरी पनि हतियार खरिद गर्नुपर्ने प्रहरीको दावी छ ।
मोटो कमिशन आउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले हतियार खरिदका लागि विशेष चासो देखाएका हुन् । स्टण्टबाजमा रमाउने गृहमन्त्री श्रेष्ठले अर्बौको हतियार खरिदमा करोडौं कमिशन आउने भएपछि आर्थिक संकटका बेला पनि त्यसका लागि बजेट छुट्टयाउन अर्थमन्त्रीलाई ताकेता गरिरहेको बताइन्छ ।
बन्दुक, ९ एमएम पेस्तोल, फोल्डिङ सर्ट गन, गोली, प्लाष्टिकको गोली, अश्रु ग्यास लगायतका विस्फोटक पदार्थ र हतियार आवश्यक रहेकोले तत्कालै खरिद प्रक्रिया अघि बढाउनुपर्ने भन्दै प्रहरीले लबिङ गरिरहेको थियो । यसअघि धीरजप्रताप सिंह आईजीपी हुँदा आवश्यक रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइए पनि बीचमै रोकिएका कारण खरिद हुन नसकेकाले यो पटक जसरी पनि हतियार खरिद गर्नुपर्ने भन्दै प्रहरीले लविङ गरेको थियो । तर मन्त्रालय नै यसमा सहजीकरण देखिएपछि प्रहरीलाई हाइसन्चो भएको छ ।
अर्थविद्हरूले आर्थिक संकट कायमै रहेको बताइरहेका छन् । अझ अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले त सामाजिक सुरक्षा भत्ता समेत खुवाउन नसक्ने अवस्था आएकाले हतियारका लागि बजेट व्यवस्था गर्न नसकिने बताएको भएपनि गृहमन्त्रालयले यसमा जोड गरिरहेको स्रोतको दावी छ । गत चैत २६ गते तत्कालीन अर्थसचिव तोयम रायले आर्थिक पत्रकारहरूसँग छलफल गर्दै अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्ने अवस्था छैन वर्षेनी साधारण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगिसकेका छौं भनेर भनेका थिए । अहिलेका सचिव पोखरेलले पनि त्यही कुरा दोहोर्याएका छन् ।
वृद्धवृद्धा, एकल महिला, अपांगता भएकाहरूलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता समेत दिन सक्ने अवस्था नरहेको बताइरहेका बेला मन्त्रालय र प्रहरीले हतियारको खरिदलाई प्राथमिकतामा राखेको छ । प्रहरीले आठ वर्षदेखि हतियार लगायतका गोली गठ्ठाहरू खरिद नगरेकाले अति आवश्यक रहेकाले खरिद गर्नुपरेको बताउँदै आएको छ । स्थानीय तथा संघ, प्रदेशको चुनावमा समेत नेपाली सेनासँग हतियार मागेर काम चलाउनुपर्ने अवस्था आएकाले हतियार खरिद अति आवश्यक रहेको प्रहरीको भनाइ छ ।
हतियार खरिदका लागि भन्दै गृहको बजेट सिलिङ समेत ९ अर्ब बढाइएको छ । यसअघि गत वर्ष हतियारका लागि भनेर छुट्टै रकम निकासा गरेर प्रहरीले खरिद प्रक्रिया अघि बढाएको थियो । कमिसनको चक्करमा र देशमा आर्थिक संकट रहेको बेला रकम निकासा गरेर हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हतियार किन्ने प्रक्रियाबाट पछि हटेको थियो ।
छुट्टै रकम निकासा गरेर हतियार खरिद गर्न लाग्दा चौतर्फी विरोध भएपछि भने यो पटक भने बजेटमै हतियार खरिदको रकम समावेश गराउन लगाउने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ । गत फागुन ११ गते राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षको बजेट सिलिङ गरेर पठाउन भनेको थियो। त्यसपछि मन्त्रालयहरूले बजेट सिलिङ गरेर समेत पठाइसकेका छन् । बजेट सिलिङ सूची अनुसार गृह मन्त्रालयको चालू आर्थिक वर्षको बजेटमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५.३० प्रतिशतले बढाइएको छ । चालू आर्थिक वर्षको गृह मन्त्रालयको बजेट १ खर्ब ८५ अर्ब ३ करोड ४५ लाख छ । आगामी आर्थिक वर्षको बजेट सिलिङमा ९ अर्ब बढाउँदै पेस गरिएको छ । सिलिङ सूची अनुसार गृहको बजेट १ खर्ब ९४ अर्ब ८४ करोड ३४ लाख छ ।
यस हिसाबले आगामी आर्थिक वर्षको गृहको बजेटमा ९ अर्बसम्म बढ्ने देखिन्छ । बजेट बढाउनुको पछाडि प्रहरीको हतियार तथा गोलीगठ्ठा खरिदका विषयहरू जोडिएको उच्च स्रोतको दावी छ । बजेट सिलिङमा चालू आर्थिक वर्षको बजेटमा ९ अर्ब रूपैयाँ बढी बजेट सिलिङ गरेर पठाउनुले पनि हतियार खरिद प्रक्रिया जोडिएको विषयलाई थप पुष्टि गरेको देखिन्छ । यसअघि गत असारमा प्रहरीलाई हतियार खरिद गर्न भन्दै देउवा नेतृत्वको सरकारले ८४ करोड रूपैयाँ विनियोजन गरेको थियो ।
हतियारका लागि भन्दै १ अर्ब ३५ करोड रूपैयाँ माग गरिएकोमा पहिलो चरणका लागि भन्दै सरकारले ८४ करोड रूपैयाँ विनियोजन गरेको थियो । रकम निकासा भएसँगै प्रहरीले हतियार खरिदको प्रक्रिया समेत अघि बढाएको थियो । त्यसपछि हेडक्वार्टरले १२ बोरका १२ सय थान बन्दुकसहित १ हजार थान ९ एमएम पेस्तोल, १ हजार १५० थान फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली र २५ हजार अश्रु ग्याँस खरिद गर्न लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार