अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १४:६:३०
५ जेष्ठ, रौतहट । जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएको छ । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो । नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक सञ्चालन भई रहेका छन् ।
खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले वताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अर्काे अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन ।
खोज र खोप अभियानमा जिल्लाका सबै वालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ ।
जसअनुसार ६ हप्तामा रोटा , पोलियो,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप दिइने छ भने १० हप्ता मा रोटा, पोलियो, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नुपर्दछ । वालवालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि ,हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा– रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा– रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।
२०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक र धनुषावाट खोप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोग विरुद्व १३ खोप चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
आज देशैभरी बृहत खोप अभियान, खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाईदैछ ।
बैशाख ३१, २०८० आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार