नक्कली शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाउन सक्दैनः मन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १४:२३:२३
६ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाउन नसक्ने बताएकी छन् । उनले सरकारले चाहेर पनि शरणार्थी प्रकरणमा जोडिएकाहरु बच्न नसक्ने बताएकी छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेकी उनले सरकारले दोषीलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको बताइन् ।
प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुआत गरिरहेको दाबीसमेत गरिन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा राम्राे काम गरिरहेको जिकिर पनि गरिन् ।
बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुनसक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुरबाट ६ किलो गाँजासहित एक जना पक्राउ
माघ ८, २०८१ मंगलबार
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
माघ ८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार