अर्थ समितिमा अर्थमन्त्रीः ‘एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन’
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १५:७:२७
६ जेठ, काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै एक व्यक्ति र व्यवसायको फाइदाका लागि आफू अर्थमन्त्री नभएको बताएका छन् । उनले समग्र देशको आर्थिक अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्दै आफूले दिन रात मिहिनेत गरिरहेको उनको भनाइ छ । प्रतिनिधिसभाको अर्थ समितिसँग अर्थतन्त्रमा सूचकहरुबारे शनिबार सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री महतले नेपालमै अवसरहरूको सिर्जना गर्ने कुरामा सरकारको ध्यान केन्द्रित गर्ने बताए ।
अर्थमन्त्री महतले भने, ‘एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् ? यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’
उनले सरकारले स्वदेशमै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई आफूले प्राथमिकता दिने बताए । उनले स्वदेशमा अवसर छैन भनेर विदेशमा गएर आफ्नो उन्नती गर्न चाहनेका लागि सरकारले ढोका बन्द गर्न नसक्ने बताए । स्वदेशमा अवसरै छैन भने विदेशमा गएर आफ्नो उन्नती गर्ने ढोका बन्द नगर्ने र नेपालमै ती अवसरहरू सिर्जना गर्दै लैजानका लागि प्रयास गरिने बताए । युवाहरूको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले स्वदेशी उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । ’नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडिसन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढी भन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं,’ उनले भने ।
उनले आफू अर्थमन्त्री भएपछि दुई महिनामै सबै समस्याहरू समाधान गर्छु भनेर एक्लै भाषण गर्ने प्रवृत्तिको नभएको दाबी गरे । ’ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिनँ । सुधारको आवश्यकता छ, यसलाई इमानदारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिने छन् । धेरैजसो यस पालि गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ,’ उनले भने ।
उनले आफू अर्थमन्त्री भएपछि सरकारले कोही एउटा व्यवसायी वा उद्योगीको फाइदामा भन्दा पनि समग्र देशको आर्थिक उन्नतिका लागि काम गर्ने बताए । ’समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा मेरो प्राथमिकतामा छ । एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु,’ उनले भने, ’सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् ? यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार