इसेवामनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’अभियानको आज अन्तिम दिन, काठमाडौंमा आकर्षक घर जित्न सकिने

नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार २१:२७:४५

७ जेठ, काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्ककम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’अभियानको आज अन्तिम दिन रहेको छ ।
इसेवामनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’अभियान सार्वजनिक गरेको थियो । कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खातावा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा साढे दुईतलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू मध्येबाट गोला प्रथामार्फत केही दिनमा विजेता सार्बजनिक गरिनेछ । कम्पनीले अभियान अवधिभर हरेक महिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो ।
विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घरप्रदान गर्नेछ ।
अभियानका विषयमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्स मार्फत ‘मेरो डिजिटल देश’अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो । यस अभियानले डिजिटल रेमिट्यान्स्लाई बढाउन हामीलाई थप हौसला मिलेको छ । साथै उहाँले थप्नुभयो ‘इसेवामनी ट्रान्सफरले नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न जुनअभियान सुरू गरेको थियो, यसमा हामी सफल भएका छौँ’।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलितथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटी एक्सप्रेसमनी ट्रान्सफरको सीईओ पदमा निरजमान सैंजु नियुक्त
जेठ १९, २०८० शुक्रबार
आइएमई पेको नयाँ अफर सार्वजनिक
जेठ १८, २०८० बिहिबार
श्रेष्ठले जिते इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा काठमाडौंमा घर
जेठ १५, २०८० सोमबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार